फरीदाबादमा नाबालिगमाथि सामूहिक बलात्कार, १० घण्टासम्म बन्धक बनाएर राखिएको आरोप

5 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक १२ गते । भारतको हरियाणास्थित फरीदाबादमा १५ वर्षीया नाबालिग बालिकामाथि सामूहिक बलात्कार भएको घटनाले स्थानीय स्तरमा आक्रोश उत्पन्न गरेको छ। कारमा सवार युवाहरूले उनलाई अपहरण गरी सुनसान क्षेत्रमा लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनाका अनुसार, किशोरी मोमोज किन्न घरबाट बाहिर गएकी थिइन्। त्यही क्रममा चार जना युवाले उनलाई जबरजस्ती कारमा चढाएर लैजाने, नशीला पदार्थ मिसाइएको पेय पिलाउने र करणीपछि करिब १० घण्टासम्म बन्धक बनाएर राख्ने गरेको बताइएको छ। बिहानको समयमा उनी भाग्न सफल भइ परिवारको सम्पर्कमा पुगेकी थिइन्।

पुलिसले हाल पीडितको बयान लिन खोजिरहेको र घटनास्थल नजिकका सीसीटीभी फुटेज संकलन भइरहेको जनाएको छ। घटनापछि स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?