वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ
3 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज २७ गते । वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाललाई एक लाख २० हजार ८ सय ५० रुपैयाँ घुससहित पक्राउ गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई भुक्तानी गर्ने क्रममा घुस रकम मागी लिएको आरोप छ। सूचनाका आधारमा आइतबार आयोगको टोलीले उनलाई कार्यालयमै नगदसहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, “दाहालले लिएको घुस रकम कार्यकक्षमै लुकाएर राखेको भन्ने सूचनापछि टोली खटाइएको थियो।” पक्राउका बेला आयोगले घुस रकम, एक मोबाइल फोन र सम्बन्धित कागजातहरू समेत बरामद गरेको जनाएको छ। ढुण्डीराजलाई अहिले थप अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा राखिएको छ। आयोगले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments