पर्सामा बच्चा चोरी गर्नको आरोपमा तीनजना महिला पक्राउ

3 वर्ष पहिले प्रकाशित

२२ भदौ।पर्सामा बच्चालाई चोरी गर्न लागेको आरोपमा तीनजना भारतीय महिला पक्राउ परेका छन् ।स्थानीयहरुले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ ।

वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षा र थप अनुसन्धानका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

‘बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा होहल्ला गरेका थिए । उनीहरुको सुरक्षा र थप अनुसन्धानका लागि पक्राउ गरेका छौं’, उनले भने ।

पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले प्रहरीलाई दिएका थिए ।

स्थानीयहरुले उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?