महोत्तरीको बर्दिबासमा जङ्गली हात्तीले पाँचवटा घर भत्कायो
3 वर्ष पहिले प्रकाशित

२२ भदौ।महोत्तरीको बर्दिबास नगरपालिकाभित्र जङ्गली हात्तीले पाँचवटा घर भत्काइदिएको छ ।बर्दिबास –८ मा चार र वडा नं १० मा हात्तीले एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।
रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो ।
हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । यसमा कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments