मधेश प्रदेश :डकैतीको आरोपमा दुई जनालाई पक्राउ

3 वर्ष पहिले प्रकाशित

भदौ २० गते ।बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं.१० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट २ थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुक समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार जीतपुर सिमरा–२३ भलुही मा रहेको एरोटेक प्रा।लि।मा शनिबारराति १०र१२ जनाको समूहले हात–हतियारसहित प्रवेश गरी धनमाल लुटिरहेको खबर प्रहरीलाई आएको थियो ।बारा प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत डाँका गरेर भाग्दै थिए ।

पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले ३ राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ गर्ने क्रममा उनीहरुको आक्रमणबाट प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको । उनको वीरगञ्ज हेल्थ केयर हस्पीटलमा उपचार भइरहेको छ । फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?