धनुषा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट

3 वर्ष पहिले प्रकाशित

भदौ १९ गते ।धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसका लागि बसेको नेपाली काँग्रेसको क्षेत्रीय बैठकमा कुटाकुट भएको छ ।

औरही गाउँपालिकामा शनिबार दिउँसो बसेको बैठकमा कुटाकुट भएको हो ।

उम्मेदवार सिफारिस विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो ।रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर छन् भने मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।

रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएपछि कुटाकुट भएको हो ।

कुटाकुट र गालीगलौजको सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरहल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?