मधेश प्रदेश: प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट दुईजनाको नाम सिफारिस

3 वर्ष पहिले प्रकाशित

भदौ १७ गते ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनकालागि नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ दुईजनाको नाम सिफारिस गरेको छ ।

सिरहा क्षेत्र न।३ को क्षेत्रिय कार्यसमितिको बैठकले निवर्तमान कोषाध्यक्ष सीता देवी यादव र युवा नेता डा।सुभाष चन्द्र यादवको नाम सिफारिस गरेको हो ।

यस्तै समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस गरेको हो ।यस्तै सिरहा क्षेत्र नं। ३ ९ख० बाट प्रदेश सभा सदस्यका लागि क्षेत्रीय सभापति संजय प्रकाश यादव, गंगाराम यादव, नगर सभापति आशिष लाल यादवको नाम सिफारिस गरिएको हो ।

यस्तै समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरिया र महिला तर्फ बिना कुमारी यादवको नाम सर्वसहमले पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?