सप्तरीका युवाहरु टिकटक एप्स बन्द गराउन अभियानमा जुटे

3 वर्ष पहिले प्रकाशित

भदौ १५ गते । आधुनिक समाजमा बदलिँदो परिस्थितिका बीच भरपर्दो साधनको रुपमा रहेको सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन थालेपछि सप्तरीका युवाहरु सामाजिक सञ्जालको टिकटक एप्स बन्द अभियानमा जुटेका छन्।

टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा राजबिराजमा आयोजित कार्यक्रममा युवाहरुको व्यापक सहभागिता देखिएको छ । समाजमा अश्लील हर्कत बढिरहेको अवस्थामा युवाहरु विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले टिकटक बन्द गर , चाइनिज एपस बन्द गर ,टिकटक मा अश्लीलता भिडियो बनाउनेलाई कार्वाही गर ,टिकटक भगाऊ आफ्नो संस्कृतिक बचाऊ, टिकटक बन्द संघर्ष समिति जिन्दाबाद लगायतका नारासहित व्यापक बिरोध प्रदर्शन गरेका हुन् ।

टिकटक बन्द संघर्ष समिती सप्तरीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको जुलुसले नगर परिक्रमा गर्दै बिरोध प्रदर्शनको साथै जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरी राजबिराज समेतमा ज्ञापन पत्र बुझाएको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सचिदानन्द यादवले जानकारी दिए ।


समाजमा अश्लीलताको हर्कतले सीमा नाघदै भोजपुरी , मैथली ,नेपाली गीत संगीतलाई समेत नाटकीय ढंगबाट खिल्ली उडाउँदै गर्दा समाजमा महिला ,पुरुष ,जवान वृद्ध लगायत सबै समाजमा टिक टक एप्सको व्यापक दुरुपोगमा लागेको युवाहरूको आरोप छ ।सप्तरीका युवाहरु यसलाई व्याण्ड गरिनुपर्ने अडानका साथ आन्दोलनमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?