मंसिर ४ गते हुने निर्वाचनमा बारामा ४ लाख ३६ हजार ६५३ जना मतदाताले मतदान गर्न पाउने

3 वर्ष पहिले प्रकाशित

भदौ १३ गते । आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारामा ४ लाख ३६ हजार ६५३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ४ वटा प्रतिनिधिसभा सदस्य र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा ४ लाख ३६ हजार ६५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ ९क० मा ६६ हजार ३५०, सोही निर्वाचन क्षेत्रको ९ख० मा ५३ हजार ९७७, क्षेत्र नं २ ९क० मा ५२ हजार ८२०, निर्वाचन २ ९ख० मा ५२ हजार ९५० मतदाता रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ ९क० मा ५३ हजार २१९, ३ कै ९ख० मा ५० हजार ६०६ र निर्वाचन क्षेत्र नं ४ ९क० मा ५१ हजार १ र सोही निर्वाचन क्षेत्रको ९ख० मा ५५ हजार ७३० मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय बाराका सूचना अधिकारी राजेन्द्रबहादुर दासले जनाएका छन् ।

४ वटा संघ र ८ वटा प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै क्षेत्र नं १ मा एक लाख २० हजार ३२७ मतदाता रहेका छन् । त्यसपछिको दोस्रोमा निर्वाचन क्षेत्र नं ४ पर्दछ जसमा १ लाख ६ हजार ७३१ मतदाता रहेका छन् । क्षेत्र नं २ र ३ मा भने मतदाता संख्या २ हजारको मात्रै अन्तर छ ।

जिल्लाको १६ वटा स्थानिय तहको ४ वटा संघीय निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा कोहल्वी नगरपालिका को १० वटा वडासहित बारागढी, आर्दशकोतवाल, निजगढ, र सिम्रौनगढ नगरपालिकाको सम्पूर्ण वडाहरू पर्दछ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कोहल्वी नगरपालिकाको वडा नं ८ सहित महागढीमाई, पचरौता नगरपालिका, सुवर्ण, देवताल र करैयामाई गाँउपालिका पर्दछ । यता निर्वाचन क्षेत्र नं ३ मा जीतपुर सिमरा उपमहानगरको ८ वटा वडा, कलैया उपमहानगरको २६ वटा वडा र फेटा गाउँपालिकाको ३ वटा वडा यसै निर्वाचन क्षेत्रमा पर्दछ ।

निर्वाचन क्षेत्र नं ४ मा भने विश्रामपुर र परवानीपुर गाँउपालिका, जीतपुर सिमरा उपमहानगरको १६ वटा वडा, फेटा गाउँपालिकाको ४ र कलैया उपमहानगरको एउटा वडा पर्दछ । निर्वाचन कार्यालयको तथ्यांकअनुसार सामान्यतया निर्वाचनमा कुल मतदाताको ८० देखि ९० प्रतिशत मत खस्ने गर्दछ । गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा ८७ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?