निहारिका सिंह राजपुतलाई ५ लाख दिने निर्णय

3 वर्ष पहिले प्रकाशित

भदौ १० गते ।मधेश प्रदेश सरकारले बलात्कार पीडित भनिएकी निहारिका सिंह राजपुतलाई ५ लाख दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मधेश सरकारको मन्त्रीपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको जानकारी दिएका हुन् ।

उच्च अदालत जनकपुरले निहारिकाको छोरा र पीडक भनिएका शिवराज श्रेष्ठको डएनए परिक्षण गराउन केही दिन अघि आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?