मधेश प्रदेशका मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

3 वर्ष पहिले प्रकाशित

भदौ ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ ।जनता समाजवादीका पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निदैशन दिएपनि उनी नै निर्देशनबाट पछि हटेका छन् ।

मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार्छन् । उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’

आगामी मंसिर ४ का लागि चुनाव घोषणा भएइसके पछि केही दिनअघि अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?