सरिता गिरीले सिरहाबाट चुनाव लड्ने घोषणा

3 वर्ष पहिले प्रकाशित

भदौ ९ गते ।सरिता गिरीले सिरहाबाट चुनाव लड्ने घोषणा गरेकी छन् । उनले आफ्नो फसेबुक मार्फत सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनी आफ्नो फेसबुक स्टाट्समा लेखेकी छन्, ‘म सिरहाको १ नं निर्वाचन क्षेत्र बाट सांसद पदका लागि निर्वाचन लड्न गई रहेको छु । यो आधिकारिक घोषणा हो । सबै जना संग सहयोगका लागि विनम्रता पुर्वक आग्रह गर्दछु ।’

आगामी मंसिर ४ गते निर्वाचनको मिति घोषणा भएसँगै एकसाथ हुने संघीय तथा प्रदेशसभाको निर्वाचनका लागि आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी घोषणा गरेकी गिरीले स्वतन्त्रबाट उठ्ने कि कुनै पार्टीबाट उठ्ने खुलाइसकेकी छैनन् ।

एक महिना पहिलामात्रै नेपाल सद्भावना पार्टीमा फर्केकी गिरीले स्व। नेता प्रदीप गिरीको सपना पूरा गर्न भन्दै हिजो सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?