सिरहामा मिटरब्याजी गिरोहविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता
3 वर्ष पहिले प्रकाशित

भदौ ९ गते ।जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ । सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments