झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत

3 वर्ष पहिले प्रकाशित

भदौ ८ गते । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?