मुख्यमन्त्री राउतको राजिनामाको हल्ला जोडतोडले सुरु
3 वर्ष पहिले प्रकाशित

भदौ ८ गते ।सोमबार अपराहन्नदेखि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामाको हल्ला जोडतोडले सुरु भयो । केही प्रतिष्ठित संचारमाध्यम अनलाइनमा श्रोतको हावाला दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबबु राउतलाई राजिनामा दिन निर्देशन दिएको समाचार प्रकाशित गर्यो । धमाधम समाचार प्रकाशित हुन थालेपछि समाजिका संजलाका भित्ताहरु समाचार र त्यसको टिप्पणीले छ्यापछ्याप्ती भए । यधपी यो विषयमा जसपाबाटै प्रदेशमा रहेका बहलाबाला मन्त्री तथा पार्टीका जिम्मेवार पदका धेरै नेताले अनभिज्ञता प्रकट गरे ।
यो विषयमा मुख्यमन्त्री राउत एन्टी पक्षले हल्ला चलाएको हुन सक्ने आकलन गरियो । समय ढल्दै जाँदा राति १० बजेसम्म कतिपय संचारमाध्यमले जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया राखेर आधिकारिक पुष्टिसहितको समाचार पनि प्रकाशन प्रशारण गरे । संचारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले ‘मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा दिन निर्देशन दिएको हुँ’ भन्ने स्वीकार गरे ।
उपेन्द्र यादवको अधिकारिक स्वीकारोक्तिले मुख्यमन्त्रीलाई राजिनामा दिन दिएको निर्देशन सही नै हो । गलत होइन भन्ने अन्योल तत्कालका लागि हट्यो । तर, मंगलबार एका बिहानै सरकारी एजेन्सी राष्ट्रिय समाचार समितिले आफ्ना ग्राहकहरुलाई पठाएको समाचारमा अध्यक्ष उपेन्द्र यादवले आफू मुख्यमन्त्रीलाई राजिना दिन निर्देशन नदिएको दावी गरे ।
रासससंगको कुरामा उपेन्द्र यादवले भनेका छन्, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन ।”
जसपा अध्यक्ष यादवको एकाबिहानै यस्तो युटर्न प्रतिक्रियाले कुन खबर सही, कुन गलत भन्ने अन्योल सृजना भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments