मधेश प्रदेश: जस्तापाता मुक्त विद्यालय भवन निमार्णको माग

3 वर्ष पहिले प्रकाशित

भदौ ८ गते । सिरहामा जस्तापाता मुक्त विद्यालय भवन निमार्णको माग गरेका छन् । अधिकांश समाुदायिक विद्यालय जस्तापाताले छाएको भवनमा पठनपाठन गर्न जाडो र गर्मी दुवै मौसममा उपयुक्त नदेखिएकोले जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग विद्यार्थी, शिक्षक र अभिभावकहरुले गर्न थालेका हुन् ।

जस्तापाताले छाएको भवनमा विधार्थी र शिक्षक दुवैलाई उपयुक्त नदेखिएको लहान–१८ श्रीराजाजी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र नारायण चौधरीले बताए । ‘‘जाडोमा जस्ताबाट सितका थोपा चुहिन्छ । गर्मीमा जस्तापाता तातेर कक्षामा खपिनसक्ने गर्मी हुन्छ । जस्तापाताले छाएको भवनमा पढँउदा विधार्थी शिक्षक दुवैलाई उपयुक्त देखिएन,’’ चौधरीले भने ।

शिक्षक विद्यार्थीहरु यतिबेला चर्को गर्मीमा कक्षामा पसिनाले भिजेर हैरान भईरहेको चौधरी जस्तै अन्य सामुदायिक विद्यालयक शिक्षक र विधार्थीले पनि गुनेसो गरेका छन् । लहान–१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रकुमार चौधरी भन्छन्, ‘‘शिक्षणमैत्री वातावरण बनाउन जस्तापाता विस्थापित गर्ने कार्यको सुरुवात हामीले गरिसकका छौं । न जाडोमा न गर्मीम उपयुक्त देखियो । पक्की छत भएको भवन निर्माण कार्य क्रमशः अगाडि बढाईसकेका छौं ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?