रौतहटमा चोरीको दुई वटा भारतीय मोटरसाइकलसहित २ जना प्रहरीको फन्दामा

3 वर्ष पहिले प्रकाशित

भदौ ६ गते ।रौतहटमा चोरीको दुई वटा भारतीय मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका–३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

बीआर २७ आर २३०४ र बीआर ०५ एडी ०६१४ नम्बरको मोटरसाइकलसहित दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसन्धान सुरु गरिएको प्रवक्ता मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?