करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

भदौ ५ गते ।करेन्ट लागेर रौतहटमा एकजनाको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको प्रहरीले जनाएका छन् ।

खेतमा पानीको मोटर जोड्ने क्रममा यादव करेन्ट लागेर अशक्त भएकोमा उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?