निर्वाचनका लागि सरकारसँग १० अर्ब ९८ करोड बजेट माग

3 वर्ष पहिले प्रकाशित

भदौ ५ गते । आगामी मंसिर ५ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि निर्वाचन आयोगले सरकारसँग झण्डै ११ अर्ब रुपैयाँ माग गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिए ।

पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।

सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?