मधेश प्रदेश :कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ

3 वर्ष पहिले प्रकाशित

भदौ ३ गते ।महोत्तरीको गौशालामा आफ्नै संस्थाको कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा सहकारीका म्यानेजर पक्राउ परेका छन् । प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर जिल्लाको सोनमा गाउँपालिका ७ का ३८ वर्षीय शत्रुधन यादव पक्राउ परेका हुन् ।

मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । युवतीले त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएका थिइन् । बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यादवले यसअघि पनि बैंकमा कार्यरत युवतीहरुलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?