मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतविरुद्ध सर्राफकोे उम्मेदवारी घोषणा

3 वर्ष पहिले प्रकाशित

भदौ १ गते ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

प्रदेशसभा अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी घोषणा गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतविरुद्ध सर्राफले उम्मेदवारी घोषणा गरेका हुन् ।

यता, जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले आगामी निर्वाचनमा मुख्यमन्त्री राउतले उम्मेदवारी दिने निश्चित रहेको तर प्रतिनिधिसभा वा प्रदेशसभामध्ये केमा उम्मेदवार बन्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताए ।

आसन्न निर्वाचनमा मुख्यमन्त्री राउत प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने हो कि प्रदेशमै दोहोरिने भन्ने प्रस्ट छैन । यद्यपि, प्रतिनिधिसभा वा प्रदेशसभा जता भए पनि राउत सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित भएकाले काँग्रेस, माओवादी लगायतका दलबाट सो निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी देखिएका छैनन् ।

२०७४ को निर्वाचनमा मुख्यमन्त्री राउत सो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?