रौतहटमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

साउन ३१ गते ।रौतहटमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका ९ बस्ने नरेश दासको २० वर्षीय छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतक दासको नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए ।

उनको शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर पठाइएको छ ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नै खेतमा घुम्न गएका यादवको विद्युत पोल ढलेको तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?