सिरहामा एम्बुलेन्सबाट लागुऔषध ओसारपोसार गर्ने एकजना पक्राउ
3 वर्ष पहिले प्रकाशित

साउन ३१ गते ।एम्बुलेन्सबाट लागुऔषध ओसारपोसार गरिरहेका एकजना सिरहाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सोमबार राति करिब पौने ९ बजेको समयमा इलाका प्रहरी कार्यालय लहान र ट्राफिक प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले लहान नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद गरेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा प्लाष्टिकको ५ वटा बोरामा अवैध लागुऔषध गाँजा र नेपाली रुपैयाँ २८ हजार बरामद भएको प्रहरी निरीक्षक साहले बताए।
पक्राउ परेका लामालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments