सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
3 वर्ष पहिले प्रकाशित

साउन २६ गते । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी विजय यादवले जानकारी दिए ।
ना.३३प २२९५ नम्बरको मोटरसाइकलमा सबार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा.७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको यादवले बताए ।
कमेन्ट गर्नुहोस्
view comments