चोरीको १२ वटा मोटरसाइकलसहित बाराको एउटै टोलका ६ जना पक्राउ
3 वर्ष पहिले प्रकाशित

साउन २५ गते । बारामा मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् ।
प्रहरीले चोरीको १२ वटा मोटरसाइकलसहित बाराको पचरौता नगरपालिकाको एउटै टोलका ६ जनालाई पक्राउ गरेको हो ।
गत बिहीबार महागढीमाई नगरपालिकाको बरियारपुरबाट दुइ वटा मोटरसाईकल चोरी गरेर भाग्दै गरेका पचरौता नगरपालिका–७ बेनौलीका बिशालकुमार सहनी र भोला पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैजनालाई चोरी सम्बन्धी मुदामा अदालतबाट म्याद थप गराई अनुसन्धान गर्नेक्रममा दुबैजनाले पोलेको आधारमा थप चार जनालाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
थप पक्राउ पर्नेहरुमा सोही नगरपालिकाको बेनौली टोलकै बृजमोहन साह सोनार, बिजय पटेल, हरिनारायण पटेल र बरक सहनीलाई पक्राउ गरिएको उनले बताए।
उनीहरुको साथबाट थप चोरीको दस वटा मोटरसाइकल समेत बरामद गरिएको थापाले बताए ।
कमेन्ट गर्नुहोस्
view comments