सिरहामा ठूलो मात्रामा लागूऔषधको कारोबार गर्रे लागूऔषधसहित दुईजना पक्राउ

3 वर्ष पहिले प्रकाशित

साउन २३ गते । सिरहामा ठूलो मात्रामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. १ का ३० वर्षीय दिलिप साह र वडा नं. ७ का २८ वर्षीय गोपाल दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

लहान ३ अस्पताल चोकस्थित सगरमाथा होटल लजको कोठामा आइतबार साँझ लागुऔषधसम्बन्धी शंकास्पद कारोवार भइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले दुबै युवकलाई लागुऔषधसहित पक्राउ गरेको निमित प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।

प्रहरीले नरागन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल, स ६ प ६३३ नम्बरको मोटरसाईकल तथा मोबाइलसहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?