धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते, ५ जना गम्भीर घाइते

3 वर्ष पहिले प्रकाशित

साउन २३ गते ।धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ विरेन्द्रबजारको गोलघर नजिक भएको बस दुर्घटनामा १५ जना सामान्य घाइते छन् भने ५ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस सोमबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेहरुको विरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?