बारामा दुई किलो गाँजासहित २ युवक पक्राउ

4 वर्ष पहिले प्रकाशित

साउन २२ गते । बारामा दुई किलो गाँजासहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिका ११ स्थित रतनपुर तामागढी सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट निजगढ नगरपालिका १२ रामथलीका का ३० वर्षीय विजय तमाङ र ३२ वर्षीय सन्त बहादुर लुम्बालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसारपसार भईरहेको विशेष सूचनाको पाए लगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेको प्रहरी नायव निरीक्षक बानियाँले बताए ।

पक्राउ परेका दुवै जनाले बोकेको झोला खानतलाशी गर्दा दुई किलो गाँजा बरामद भएको बानियाँको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?