सप्तरीमा करेन्ट लागेर ससूरा र बुहारीको मृत्यु

4 वर्ष पहिले प्रकाशित

साउन १९ गते । सप्तरीमा करेन्ट लागेर ससूरा र बुहारीको ज्यान गएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र सोही ठाउँकी २१ बर्षीया अन्जली सरदारको ज्यान गएको प्रहरीले जनाएको छ । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी रामकुमार यादवले जानकारी दिए ।

पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो । उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको डीएसपी यादवले बताए ।

करेन्ट लागेका दुबैको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?