प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमित

4 वर्ष पहिले प्रकाशित

साउन १७ गते ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमित भएका छन् । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमित भएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?