मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने मुख्यमन्त्री राउतको आश्वासन

4 वर्ष पहिले प्रकाशित

साउन १६ गते ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन् ।

मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरूबाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनिहरू विरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।

मिटर व्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘हामी तपाईहरूको समस्या प्रति गम्भीर छौ । प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न सकिएको छैन । सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस् ।’

संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुन्दे माग सहितको ज्ञापन पत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?