मानव बेचबिखन तथा ओसारपसार मुद्दामा परेको एकजना फरार अभियुक्त १२ वर्षपछि पक्राउ
4 वर्ष पहिले प्रकाशित
साउन १६ गते । धनुषामा मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका साविक किसाननगर गाविस–४ बस्ने विनोद सहनीलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ भैरव चौकबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका सहनी २०६७ सालदेखि फरार थिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको प्रवक्ता क्षेत्रीले बताए ।
पक्राउ परेका सहनीलाई आइतबार नै जिल्ला अदालत धनुषामा उपस्थिति गराई पाँच दिनको म्याद लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments