मधेससहित काठमाडौंमा आज विहान भूकम्पको धक्का

4 वर्ष पहिले प्रकाशित

साउन १५ गते । मधेससहित काठमाडौं लगायतका ठाउँमा आज विहान भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ८ बजेर १३ मिनेटमा जनकपुर, काठमाडौंसहित तराई मधेसको जिल्ला हुँदै भारतको बिहार राज्यको उत्तरी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?