नेपाली जनताले एक वर्षमै साढे २१ करोडभन्दा बढीको तास गरे आयात

4 वर्ष पहिले प्रकाशित

साउन १२ गते ।नेपाली जनताले एक वर्षमै साढे २१ करोडभन्दा बढकिो तास आयात गरेका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट साढे २१ करोड रुपैयाँभन्दा बढीको तास आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो ।

एक वर्षमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ ।

एक वर्षको अवधिमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको हो । विभागका अनुसार नेपालमा चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?