मधेश प्रदेशमा रहेका होटलहरुलाई अब पर्यटन शुल्क ५ हजार देखि ४० हजारसम्म तिर्नुपर्ने

4 वर्ष पहिले प्रकाशित

साउन १२ गते । मधेश प्रदेशमा रहेका होटलहरुलाई अब पर्यटन शुल्क वापत ५ हजार देखि ४० हजारसम्म तिर्नुपर्ने भएको छ ।

मधेश प्रदेश सरकारले अब होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकेको छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटले होटल र साहसिक खेलमा पर्यटन शुल्क तोक्ने घोषणा गरेको छ । सोही अनुसार आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेको छ ।

तोकिएको दर अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक ५ हजार रुपैयाँ शुल्क प्रदेश सरकारलाई तिर्नु पर्नेछ ।

यस्तै पर्यटक स्तरीय साधारण होटलले वार्षिक १० हजार र पर्यटक स्तरीय डिलक्स होटलले भने ४० हजार रुपैयाँ वार्षिक पर्यटन शुल्क तिर्नुपर्नेछ ।

केन्द्र सरकारले तोकेका अन्य करभन्दा छुट्टै प्रदेश सरकारले तोकेको शुल्क हो ।

डान्सबार, मोटेल, कफिसप, साउना, ज्याकुजी, जिमक्लब, स्विमङ पुल, हेल्थ क्लब, ब्युटीपार्लर र नाइट क्लब सञ्चालन गर्नेहरुले समेत अब पर्यटन शुल्क प्रदेश सरकारलाई बुझाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?