पत्रकार मण्डलमाथि भएको कुटपिटको घटनाप्रति पत्रकार संघसंगठनको आपत्ती

4 वर्ष पहिले प्रकाशित

साउन ११ गते ।नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य एवं न्यूज २४ का संवाददाता पत्रकार ललन मण्डलमाथि भएको कुटपिटको घटनाप्रति पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले आपत्ती जनाएका छन् ।

गत सोमवार समाचार संकलनको क्रममा महोत्तरीको गौशाला बजार पुगेका पत्रकार मण्डललाई केही उच्छृङखल समूहले अभद्र व्यवहार तथा कुटपीटसमेत गरेको घटनाप्रति नेपाल प्रेस युनियन, प्रेस चौतारी तथा प्रेस सेन्टर नेपालको महोत्तरी शाखाले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार सम्बद्ध महोत्तरीका तीन संगठनले बुधवार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वर्दिवास नगर पत्रकार संजालका अध्यक्ष र नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद समेत रहेका पत्रकार मण्डललाई गालीगलौज, दुव्र्यवहार तथा कुटपिट गरेको घटनाको घोर भत्र्सना गरेको छ ।

मीटरब्याजी संजय रौनियार र तीनका लठैत समूहले एकजना सर्वसाधारण नागरिकमाथि बीच बजारमा निर्घात कुटपीट गरिरहेको भिडियो किन खिचेको भनि पत्रकार मण्डलमाथि पनि गालीगलौज, दुव्र्यवहार तथा कुटपीटसमेत गरेको घटनाको घोर भत्र्सना गर्दछौ,’ जारी संयुक्त प्रेस विज्ञप्ती भनिएको छ, ‘यो घट्नाले स्वतन्त्र एवं निर्भिक पत्रकारिता र जनताको सुसूचित हुने अधिकार कुण्ठित पारेको हाम्रो ठहर छ ।’

विगत केही समयदेखि महोत्तरीमा कुख्यात मीटरव्याजी संजय रौनियार र तीनका लठैत समूहको चलखेल बढेको सूचनाको आधारमा पत्रकार मण्डल समाचार संकलनका लागि गौशाला पुगेका थिए ।

नेपाल प्रेस युनियन महोत्तरी शाखाका संयोजक रविन्द्र उप्रेती, प्रेस सेन्टर नेपाल महोत्तरी शाखाका अध्यक्ष धनवीर महतो, नेपाल प्रेस चौतरी महोत्तरी शाखाका अध्यक्ष नविन प्रियदर्शीले जारी गरेको संयुक्त विज्ञप्तीमा मिटरब्याजी रौनियार र उनका बाहुबली समुहले ज्यान मार्नेसम्मको धम्कि दिएकाले संचारकर्मीका पेसागत संघ संगठन पत्रकार मण्डलको सुरक्षाप्रति चिन्तित रहेको बताएको छ । घटनाको प्रमुख सुत्रधार एवं मीटरव्याजी संजय भारतीय नागरिकसमेत भएको रहस्य खुलेको छ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस्ता कुकृत्यको भण्डाफोर गरि पेसागत दायित्व निर्वाह गर्न घट्नास्थल पुगेका संचारकर्मीमाथि हातपात गर्नेसम्मको घटनाले मुलुकको कानून ब्यवस्था र शान्ति सुरक्षाप्रति अनेकन प्रश्न खडा गरेको छ । विज्ञप्तीमा संचारकर्मी मण्डललाई सुरक्षाको पूर्णरुपमा पत्रकारिता गर्ने वातावरण मिलाई दिन स्थानीय प्रशासनसंग उनीहरुले जोडदार माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?