मधेश प्रदेश: स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपैयाँ बरामद, ३३ जना प्रहरीको नियन्त्रणमा

4 वर्ष पहिले प्रकाशित

साउन ११ गते ।मधेश प्रदेशका विभिन्न जिल्लाबाट एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपैयाँ बरामद भएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले श्रोत नखुलेको उक्त रुपैयाँ बरामद गरेको हो ।

एकवर्षमा विभिन्न १४ वटा घटनाबाट उक्त स्रोत नखुलेको रुपैयाँ बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

अवैध वित्तीय कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसारमा संलग्न ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि कार्कीले बताए । नियन्त्रणमा लिएकामध्ये आरोप ठहर भएका १७ जनामाथि मुद्दा चलाइएको छ ।

बरामद रकम भन्सार कार्यालयमा बुझाइएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कार्कीको भनाइ छ ।

सशस्त्र प्रहरी वा अन्य निकायले बरामद गरेको अवैध रकम यसमा समावेश गरिएको छैन । एसपी कार्कीका अनुसार उनीहरुले आफ्नै प्रतिवेदन तयारी गर्ने गरेकाले यसमा समावेश नगरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?