सर्लाहीमा दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
साउन १० गते।सर्लाहीमा दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
बलरा नगरपालिका–७ डुमरियामा सोमबार बेलुकी उक्त दुर्घटना भएको हो ।
हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवान र २७ वर्षीय रोशन पासवान भेटिएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments