सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामाद

4 वर्ष पहिले प्रकाशित

साउन १० गते। सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामाद गरिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १६ स्थित प्रहरीको गस्ती टोलीले बा ६ च ८६६६ नम्बरको पिकअप गाडीबाट ४५ केजी गाँजा बरामद जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पिकअप गाडी संकास्पद अवस्थामा रानीगंजतर्फ जाँदै गरेको अवस्थामा गाडीलाई पिछा गर्दै जाँदा मिलन चोक स्थित जंगल नजिक गाडी छाडेर चालक भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले पिकअप गाडीको पछाडी भागको फल्स बटनमा बनाई लुकाई छिपाई राखेको ५ वटा पोका रातो र १ वटा पोका सेतो प्लास्टिकले बेरेको गरि ६ वटा पोका गाँजाको बरामद भएको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

फरार भएका चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?