मधेश प्रदेश :करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुनः बहालीको माग राख्दै धर्ना

4 वर्ष पहिले प्रकाशित

साउन १० गते। करार र ज्यालादारीमा कार्यरत रहेका कर्मचारीलाई हटाएपछि उनीहरू धर्नामा बसेका छन् ।

सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुनः बहालीको माग राख्दै धर्ना बसेका छन् ।

गत असार १२ गते कविलासी नगर कार्यपालिकाको
बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेर निर्णय गरेको थियो ।

उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरुप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने मागसहति उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विगत ६ दिनदेखि नगरपालिका कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?