महोत्तरीका पत्रकार ललन मण्डलमाथि निर्घात कुटपिट, एकजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

साउन १० गते। महोत्तरीका पत्रकार ललन मण्डलमाथि निर्घात कुटपिट गरिएको छ ।

न्युज २४ का महोत्तरी समाचारदाता तथा बर्दिवास नगर पत्रकार संजालका अध्यक्षका २६ वर्षीय मण्डललाई सोमबार गौशाला बजारमा केही व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् ।

स्थानीय दुई पक्षबीच लेनदेनको विषयमा भएको विवादको विषयमा भइरहेको झगडाको रिपोर्टिंग गर्न पुगेका पत्रकार मण्डल र उनको सहयोगी अजित चौधरीलाई गौशला नगरपालिकाका संजय रौनियार , अशोक यादव र वित्त यादवले कुटपिट गरेको पीडित पत्रकार मण्डलले बताए ।

मण्डलले सोमबार नै इलाका प्रहरी कार्यालयमा आफूमाथि कुटपिट गर्ने विरुद्ध उजुरी दिएका छन् ।
आरोपित संजय रौनियारलाई बीआर ०६१७०० नम्बरको भारतीय स्कार्पिओ गाडीसहित साउन ९ गते साँझ नै नियन्त्रणमा लिएको र अन्य फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गौशलाका सइ त्रिभुवन साहले बताए ।

यसैबीच पत्रकार सम्बद्ध संघसंस्थाहरुले घटनामा संलग्नहरुलाई अबिलम्ब पक्राउगरी कानूनी कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?