मधेश प्रदेश : एटिएम मेसिन फुटाउँदै गर्दा दुई युवक पक्राउ

4 वर्ष पहिले प्रकाशित

साउन १० गते । वीरगञ्जस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गर्दा दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।

आइतबार राति करिब ११ बजे महानगरपालिका वडा नम्बर ८ स्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा बारा जितपुरसिमरा-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी पक्राउ परेका हुन् ।

गएराति प्रहरीले सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?