मधेश प्रदेशको दुईवटा जिल्लामा पानीमा डुबेर तीनजनाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

साउन ९ गते ।मधेश प्रदेशको दुईवटा जिल्लामा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

धनुषा पोखरीमा डुबेर २ जनाको र रौतहटमा नहरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ ।

स्थानीय शेरू रानामगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया छोरी स्वीकृती मगरको मृत्यु भएको हो ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रौतहटको वृन्दावन नगरपालिका–६ मा शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको हो ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?