यातायातमन्त्री राईले प्रयोग गर्दै आएको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

4 वर्ष पहिले प्रकाशित

साउन ९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको ट्राफिक प्रहरीका एक जना अधिकृतले बताए । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको खुलेको छ ।

‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरी स्रोतले भन्यो ।

कारबाहीको समयमा मन्त्री सो गाडीमा भए/नभएको खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?