सिरहामा पिकअपले ठक्कर दिँदा एक बालिकाको ज्यान

4 वर्ष पहिले प्रकाशित

साउन ८ गते । सिरहामा बाटोक्रस गर्ने क्रममा पिकअपले ठक्कर दिँदा बालिकाको ज्यान गएको छ ।

शनिबार साँझ सिरहाको कर्जन्हा नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा प्र २-०१-००१ च ०३२७ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा करिब १३ वर्षीया बालिकालाई ठक्कर दिँदा ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार पिकअपको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो ।

बालिकाको अहिले सनाखत हुन सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?