वीरगञ्ज भन्सार नाका भएर मात्रै एक वर्षमा ४७ करोडभन्दा बढीको माछा आयात
4 वर्ष पहिले प्रकाशित
साउन ६ गते ।पछिल्लो समय नेपालमै उत्पादन गर्न सकिने बिभिन्न किसिमका बस्तुहरुको नेपालमा आयात हुने क्रम बढेसँगै माछा आयात पनि गत आर्थिक बर्षमा बढेको छ।
देशकै प्रम्ख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर मात्रै आर्थिक वर्ष २०७८/७९ मा ४७ करोडभन्दा बढीको माछा आयात भएको छ।
यो नाका भएर गत आर्थिक वर्षको साउनदेखि असार गरी १२ महिनामा ४७ करोड ७२ लाख २९ हजार बराबरको माछा आयात भएको कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ।
माछा आयतबाट वीरगञ्ज भन्सारले ११ करोड ३७ हजार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने वीरगञ्ज नाका भएर ३२ करोड २९ लाख ४४ हजार बराबरको मात्रे माछा आयत भएको थियो। यस आँकडा अनुसार २०७७/७८ भन्दा गत आर्थिक वर्षमा १५ करोड ४२ लाख ८५ हजार मुल्य बराबरको बढी माछा नेपालमा आयात भएको हो।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै विदेशबाट नेपालमा ३ करोड ५१ लख ९६ हजारको माछा आयत भएको थियो।
यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा वीरगञ्ज नाका भएर २ करोड ८६ लाख ६० हजार बराबरको मासु नेपालमा आयात भएको छ। मासुको आयातबाट भन्सारले ५० लाख ३९ हजार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने वीरगञ्ज नाका भएर नेपालमा २ करोड ५२ लाख ७९ हजारको मासु आयत भएको थियो।
वीरगञ्ज भन्सार नाका भएर विशेष गरी भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुने गरेको छ। कृषि प्रधान देश नेपालमा माछा उत्पादनको लागि सरकारले वर्षेनी विभन्न किसिमका सहुलीयत दिएर उत्पादन बढाउने प्रयास गरेपनि लक्षित तथा वास्तविक किसानसम्म सहुलीयत नपुग्दा माछा उत्पादन बढ्न सकेको छैन।
कमेन्ट गर्नुहोस्
view comments