चट्याङ् लागेर वीरगञ्जमा एक युवकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

साउन ६ गते ।वर्षासँगै परेको चट्याङ् लागेर वीरगञ्जमा एक युवकको मृत्यु भएको छ।

चट्याङ् लागेर वीरगञ्ज महानगरपालिका वडा नम्बर-२८ बगही टोलका ३२ वर्षका दिनानाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार साझ साढे ५ बजेको समय आफ्नै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ् लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?