हत्यामा संलग्न रहेका एक जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

पिपरा गाउँपालिका-५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय रामनाथ दास रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैँचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा रामबहादुर दासको शव फेला परेको थियो।

इलाका प्रहरी कार्यालय सहोरवा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा रामनाथ दासको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?