खोलाले बगाएर ल्याएका एक जनाको सशस्त्र प्रहरीले गरे सकुशल उद्धार

4 वर्ष पहिले प्रकाशित

साउन ६ गते ।पर्सा जिल्लाको ठोरी गाँउपालिका–२ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई ल्याएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट उद्धार कार्यको लागि तत्कालै टोलीले खटिएको थियो।

सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य चौकी ठोरीमा बुझाएको सशस्त्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?