जनकपुर उच्च अदालतद्वारा ४९ दशमलव प्रतिशत मुद्दा फछ्र्योट
4 वर्ष पहिले प्रकाशित
साउन ५ गते ।उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८र७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ।
आव २०७८र७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो।
अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७र७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८र७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए।
अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८र७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ।
आव २०७८र७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्नेरडिसीएम लागू हुनुपुर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन्।
आव २०७७र७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आव २०७६र७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो।
सो अदालतले आव २०७५र७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो।
कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए। अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments